Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

दैनिकी न्यूज

१९, कार्तिक २०७७
आज यी स्थानमा हल्का वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ ।

हाल प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १९ गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कार्तिक १९ गते (बिहीबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २१ गते (शुक्रबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०६:५७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology