Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

दैनिकी न्यूज

१८, कार्तिक २०७७
द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने
images

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटाँैडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ । मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ ।

द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ ।

प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसक्नुभएको छ । उहाँहरूले कात्तिक १ गते निरीक्षण गर्नुभएको थियो । उपाध्यक्ष प्रा।डा। कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ थपलियाले निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–कुलेखानी सुरुङमार्गलाई कसरी जोड्न सकिन्छ, प्राविधिक रूपले सम्भव छ÷छैन भन्नेबारे अहिले अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेश सरकारको यस प्रस्तावमा सङ्घीय सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले काठमाडौँ र हेटौँडा बीचको सडक दूरी छोट्याउने उद्देश्यसहित मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ को कोगटे दोभानमा निर्माणाधीन द्रुतमार्गसँग मदन भण्डारी मार्गको प्रवेश विन्दु र निष्कासन विन्दु जोड्न प्रदेश सरकारद्वारा सङ्घीय सरकारसँग प्रस्ताव गरिएको बताउनुभयो ।

प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकार अत्यन्तै सकारात्मक रहेको पाइएको बताउँदै उहाँले यसका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गसँग मदन भण्डारी मार्ग र भीमफेदी–हेटौँडा सुरुङलाई जोड्नेबारे अहिले कार्यदलद्वारा अध्ययन भइरहेकाले सोबारे अहिलेसम्म सरकारका तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको बताउनुभयो । अध्ययन प्रतिवेदनसँगै यस विषयमा स्पष्ट हुनसक्ने प्रवक्ता पौडेलको भनाइ छ ।

अहिले हेटौँडाबाट हिँडेको सवारी साधनलाई हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - ०६:२८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology