Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

दैनिकी न्यूज

१५, कार्तिक २०७७
सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
images

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले गत कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए ।

कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो ।

भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।रासस

images
प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - ०७:४१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology