Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागू औषध सहित पक्राउ

बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागू औषध सहित पक्राउ

दैनिकी न्यूज

१४, कार्तिक २०७७
बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागू औषध सहित पक्राउ
images

तनहुँ । व्यास नगरपालिका वडा नं. ४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्सा पटेर्वा सुगौली गाउँपालिका(२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

बानियाँ उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १३:४१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology