Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

दैनिकी न्यूज

१४, कार्तिक २०७७
प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला
images

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन् ।

फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - १०:०९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology