Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बारा प्रहरीले बरामद गर्यो सालको काठ

बारा प्रहरीले बरामद गर्यो सालको काठ

दैनिकी न्यूज

१४, कार्तिक २०७७
बारा प्रहरीले बरामद गर्यो सालको काठ
images

बारा । इलाका प्रहरी कार्यालय निजगढ, बाराले अवैद्य रुपमा लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको छ ।

आज विहान निजगढ–२ सिगोल स्थित बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा खटिएको ७ जनाको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट सिगोलबाट खटिएको ३ जनाको टोलिले तिर्थलाल ठोकरको घरमा अबैध रुपमा राखेको ४३ क्युफिट बरामद गरेको हो ।
उक्त काठ करिब २ लाख १५ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । नियन्त्रनमा लिएको काठ सबडिभिजन बन कार्यालय तामागढी बारामा बुझाईएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०७:३२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology