Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

दैनिकी न्यूज

१२, कार्तिक २०७७
माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ
images

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०७:३२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology