Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित

दैनिकी न्यूज

१०, कार्तिक २०७७
नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित
images

काठमाडौं । नेपाली सेनाका नयाँ अधिकृतले मूल निशानसमक्ष शपथ लिने परम्परा यस पटक स्थगन भएको छ । हरेक वर्ष बडादशैँको महानवमीका दिन नयाँ अधिकृतले शपथ लिने प्रचलन रहेकामा कोभिड–१९ बाट सिर्जित जोखिमका कारण यस वर्ष गरिएन ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हनुमानढोका क्षेत्र, कम्पुकोतस्थित नेपाली सेनाको मूल निशान (भगवती) समक्ष नयाँ अधिकृतले पद तथा गोपनीयताको शपथ लिने परम्परा थियो ।

काठमाडौँ उपत्यका बाहिर खटिने अधिकृतले अनुकूल समय मिलाएर शपथ लिने गरे पनि काठमाडौं उपत्यकाभित्रका नयाँ अधिकृतले महानवमीकै दिन अनिवार्यरुपमा शपथ लिने चलन थियो ।
सेनाले शक्तिस्वरुपा भगवतीलाई मूल निशान मान्दैआएको छ । अधिकृत तहका लागि सेनाले सहायक सेनानी९सेकेण्ड लेफ्टिनेन्ट० मा भर्ना लिने गर्छ । सहायक सेनानीको तालीम र परीक्षा पूरा गरी पास आउट भए पनि मूल निशानसमक्ष शपथ लिएपछि मात्र पक्का अधिकृतका रुपमा स्थपित हुने मान्यता रहिआएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - ०७:४९:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology