Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

दैनिकी न्यूज

५, कार्तिक २०७७
कस्तो रहला आजको मौसम ?
images

काठमाडौं । हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू–भागमा आंशिक वदली रहनेछ ।

बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्विनी प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ०७:१४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology