काठमाडौं । पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ।
पर्साको वीरगन्ज वडा नं. ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख पन्तले जानकारी दिइन् ।