Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

घुस रकमसहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ

घुस रकमसहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ

दैनिकी न्यूज

३०, आश्विन २०७७
घुस रकमसहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।


सो उजुरीपछि अख्तियारकोकञ्चनपुर कार्यालयबाट खटिएको टोलीले चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १५:५४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology