Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

दैनिकी न्यूज

३०, आश्विन २०७७
यस्तो छ आजको मौसम पूर्वानुमान
images

काठमाडौं । आज खासै उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका अन्य भू–भागको मौसममा आंशिक बदली रहनेछ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०७:०६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology