Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

२ थान भरुवा बन्दुक सहित खोटाङबाट मेघराज राई प्रकाउ

२ थान भरुवा बन्दुक सहित खोटाङबाट मेघराज राई प्रकाउ

दैनिकी न्यूज

२३, आश्विन २०७७
२ थान भरुवा बन्दुक सहित खोटाङबाट मेघराज राई प्रकाउ
images

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलको नेतृत्वमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै डोटी, बोगटान फुडसिल गाउँपालिका वडा नं. ३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १५:२३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology