Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

दैनिकी न्यूज

१९, आश्विन २०७७
बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह
images

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे ।

उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिए ।

बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - ०६:५९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology