Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

दैनिकी न्यूज

१६, आश्विन २०७७
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
images

काठमाडौं । सप्तरी, बोदेबर्साइन नगरपालिका वडा नं. ५ शत्रुधन चोकमा स १ त ४६९३ नम्बरको ट्याक्टरले अनटेस्ट लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका(७ हैठी बस्ने २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय टुनटुन भन्ने धर्मेन्द्र यादवलाई उपचारको लागि धरानतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, बैजनाथ गाउँपालिका–५ जिगाउँमा से ५ प ६९२६ नम्बरको मोटरसाइकललाई लु २ ख ४४८० नम्बरको फोर्स गाडीले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कैलाली टिकापुर नगरपालिका-१ बस्ने ३७ वर्षीया देवी लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १२:५२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology