Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा पक्राउ

प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१६, आश्विन २०७७
प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा पक्राउ
images

काठमाडौं । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका(३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १२:४७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology