काठमाडौं । झापा, शिवसताक्षी नगरपालिका–८ स्थित सडकमा बा ११ च ५९९० नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया कमला चापागाईको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालीकोट, तिलागुफा नगरपालिका–५ खल्लागार्ड पुल नजिकै सडकमा लु २ च २४१२ नम्बरको जिप अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा जिप चालक सुर्खेत भेरीगंगा नगरपालिका–१२ बस्ने २८ वर्षीय कर्ण बहादुर खड्काको घट्नास्थलमै मृत्यु भएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकमा ना ६ त ८२८३ नम्बरको ट्याक्टरले ना ६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका–१ छवघरियामा ज १ त ७९५१ नम्बरको ट्याक्टरमा ज ५ प २६४२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनाहामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।