Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मिटर रिडिङ नभएका ग्राहकको जरिवाना नलाग्ने

मिटर रिडिङ नभएका ग्राहकको जरिवाना नलाग्ने

दैनिकी न्यूज

१४, आश्विन २०७७
मिटर रिडिङ नभएका ग्राहकको जरिवाना नलाग्ने
images

काठमाडौं । कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यस्तो व्यवस्थाका लागि निर्देशन दिएपछि प्राधिकरण व्यवस्थापनले मिटर रिडिङ नभएका ग्राहकसँग जरिवाना नलिन र लिइसकेको भए आगामी बिलमा मिलान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेसँग बुधबार मन्त्रालयमा भएको छलफलका क्रममा तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश गाहक र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।

मन्त्रीको निर्देशनलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचनासमेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए ।

मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरू प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न पनि निर्देशन दिए ।

त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनले सुझाव दिएका छन् । लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरूको पढाइ प्रभावित हुने भन्दै यो विषयमा संवेदनशील हुन निर्देशन गरेका थिए । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - ०९:०७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology