Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

तातोपानी नाका असोज १९ मा खुल्ने

तातोपानी नाका असोज १९ मा खुल्ने

दैनिकी न्यूज

१४, आश्विन २०७७
तातोपानी नाका असोज १९ मा खुल्ने
images

काठमाडौँ  । नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको जानकारी दिनुभयो । मुलुकको रणनीतिक महŒवको सो नाका विगत ८० दिनदेखि बन्द छ । बन्द अवधिमा सो नाकाबाट स्वास्थ्य सामग्रीको आयात भए पनि अन्य व्यावसायिक वस्तुको आयात हुन सकेको छैन ।

“सो नाका सञ्चालनमा ल्याउनेबारे नेपाली र चिनियाँ पक्षबीच तातोपानीस्थित मैत्री पुल नजिक तिब्बतको लिपिङमा मङ्गलबार भएको बैठकले तातोपानी नाका पुनः असोज १९ बाट पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ”, प्रजिअ अधिकारीले भन्नुभयो । सहमतिअनुसार नाका सञ्चालन गर्न असोज १८ सम्म दुवै पक्षले सम्पूर्ण तयारी पूरा गरी १९ गतेबाट समान नेपाल भित्रन सुरु हुनेछ ।

बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुभएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकाल र चिनियाँ टोलीको नेतृत्व गर्नुभएका ल्हासाको विदेश विभागका उपनिर्देशक ली उलिनबीच सो सहमति भएको थियो । नाका सञ्चालनका क्रममा दुवै पक्षले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने बताउँदै उहाँले चीनबाट ल्याइएका सामान लोड–अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५÷२५ जनाको दुईवटा श्रमिक समूह तयारी अवस्थामा रहने गरी सहमति भएको जानकारी दिनुभयो ।

त्यसैगरी सामान ल्याउने सवारी साधनका चालक, सहचालक र सामान लोड–अनलोड गर्ने श्रमिकले हरेक पाँच दिनमा पीसीआर परीक्षण गराउनुपर्ने, कामबाहेकको समयमा एकान्तबासमा बस्नुपर्ने सहमति भएको जानकारी उहाँले दिनुभयो ।

गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - ०६:४०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology