Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

डा.केसीका मागको विषयमा वार्ताबाट समाधान खोज्न अपिल

डा.केसीका मागको विषयमा वार्ताबाट समाधान खोज्न अपिल

दैनिकी न्यूज

१३, आश्विन २०७७
डा.केसीका मागको विषयमा वार्ताबाट समाधान खोज्न अपिल
images

काठमाडौं । जवाफदेहिता निगरानी समितिले डा गोविन्द  केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ ।  समितिका संयोजक चरण प्रसाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा.केसीको मागका विषयमा समाधान खोजी उनको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेका छन् । चिकित्सक डा.केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “डा केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।” डा.केसीलाई जुम्लाबाट काठमाडौँ स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।रासस
 

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १८:२९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology