Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

११, आश्विन २०७७
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ। हाल प्रदेश नं. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेग गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक/ दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक/ दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०६:३९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology