Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

दैनिकी न्यूज

११, आश्विन २०७७
नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव
images

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक ९डीआईजी०को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ ।

गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा दरबन्दी थप्न तयारी अघि बढाएको हो । नेपाल प्रहरीमा हाल दुई डीआईजीको दरबन्दी भने रिक्त नै छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार डीआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको करिब एक महिना भइसकेको छ । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा डीआईजी दरबन्दी थप गर्ने विषयमा सहमति भएपछि गृहले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको ती अधिकारीले जानकारी दिएका हुन् ।

गृह मन्त्रालयले डीआईजी थप गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्न ओएनएम समितिसमेत बनाएको थियो । सो समितिले समेत डीआईजी संख्या थपको प्रस्ताव गरेको थियो । सो समितिमा नेपाल प्रहरीका तर्फबाट डीआईजी प्रकाशजंग कार्कीसमेत सदस्य छन् ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच सहमति जुटेपछि सो संख्या प्रस्ताव गरिएको थियो । प्रधान कार्यालयले महत्पूर्ण विभागमा डीआईजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डीआईजीबाट पाँच बढाएर १९ पु(याउन प्रस्ताव गर्दै आएको छ ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक डीआईजीको दरबन्दी २६ थियो भने सरकारले एकैपटक गत चैतमा संख्या घटाएर १४ मा झारेको थियो । त्यसयता डीआईजी प्रमुख रहेका प्रहरी संगठनका कतिपय विभाग एसएसपीको भरमा चल्दै आएका छन ।

सरकारले डीआईजीको संख्या कटौती गर्दा बढुवाको मुखमा रहेका धेरै एसएसपी मर्कामा परेका थिए भने प्रहरी संगठनभित्र असन्तुष्टिसमेत बढेको थियो । त्यसबखत गृह सचिव महेश्वर न्यौपाने र तत्कालीन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच पटकपटक भनाभनसमेत भएको थियो ।

पछिल्लोपटक संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ९ओएनएम० गठन गरिएको थियो । हाल उनको अन्यत्र सरुवा भएपछि सो स्थानमा सहसचिव थानेश्वर गौतम छन् ।

नेपाल प्रहरीतर्फ डीआईजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागूऔषध, मानव बेचविखन, साइबर ब्युरोलगायतका विभाग नेतृत्वविहीन छन् । हाल केही विभागलाई एआईजीको मातहत राखेर गाभिएको छ ।

यसअघि दरबन्दी कटौती हुँदा वरीयतामा अघि रहेका धनश्याम अर्याल प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी डीआईजी बढुवा भएका थिए ।

नेपाल प्रहरीका हाल दुई डीआईजी पद रिक्त छन् भने पाँच दरबन्दी थपिएपछि सात जना एसएसपी वरिष्ठताका आधारमा डीआईजीमा बढुवा हुनेछन् ।

राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०६:१६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology