Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

दैनिकी न्यूज

१०, आश्विन २०७७
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
images

झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो।

माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - १२:०५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology