Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार जयन्ती केसी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार जयन्ती केसी पक्राउ

दैनिकी न्यूज

९, आश्विन २०७७
बैंकिङ कसूर मुद्दाका फरार जयन्ती केसी पक्राउ
images

काभ्रेपलाञ्चोक । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका वडा नं. ४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १५:५८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology