Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

कुलेखानी जलाशयमा दुई मिटर बढ्यो पानीको सतह

कुलेखानी जलाशयमा दुई मिटर बढ्यो पानीको सतह

दैनिकी न्यूज

८, आश्विन २०७७
कुलेखानी जलाशयमा दुई मिटर बढ्यो पानीको सतह
images

मकवानपुर । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।

बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो ।

कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत्गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ । रासस

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १४:४०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology