Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

पशुपति मन्दिर खुुला गर्न माग

पशुपति मन्दिर खुुला गर्न माग

दैनिकी न्यूज

७, आश्विन २०७७
पशुपति मन्दिर खुुला गर्न माग
images

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले सामाजिक दूूरी कायम गर्दै भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष स्वीकृति माग गरेको छ । निषेधाज्ञा फुकुवा भएपछि धेरै भक्तजन पशुपति मन्दिरको दर्शनका लागि पुुग्ने गर्छन् तर प्रवेश निषेध गरिएकाले बाहिरबाटै फर्कन बाध्य छन् ।

कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार सरकारसँग माग गरिएको अनुमति स्वीकृति भएमा सर्वसाधारणको अर्चनाका लागि मन्दिर खुला हुन्छ । कोरोनाका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाले यो अवघिमा पशुपतिनाथमा आउने ६० करोड रुपियाँ आम्दानी रोकिएको कार्यकारी निर्देशक डा। खतिवडाले जानकारी दिनुभएको छ ।

जनैपूर्णिमा, हरितालिका, बाबुको मुख हेर्ने, हरिपरिवर्तनी एकादशी, सोह्र श्राद्ध, गुलाँ र यलाँ पर्व बन्दाबन्दीका समयमा परेकोले भेटी ठप्प भएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले मन्दिर बन्द हुँदा करिब ३० करोड रुपियाँ भेटी सङ्कलन प्रभावित भएको बताउनुभयो ।

पशुपतिनाथमा प्रवेश गर्ने चार ढोकमध्ये दुईवटा मात्र चालू गरेर एउटाबाट आगमन र अर्कोबाट बहिर्गमन गरेर भक्तजनको मन बुझाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

कोषको आय रोकिएपछि कर्मचारीले समयमा तलब पनि नपाएको कर्मचारी विष्णुप्रसाद कोइरालाको गुनासो छ भने शवदाहमा खटिएका कर्मचारीलाई सेनिटाइजर, मास्क लगायतका सुरक्षा सामग्री दिनै नसकेको शवदाह कर्मचारी चन्द्रप्रसाद ढकालको गुनासो छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - ०८:१२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology