Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२, आश्विन २०७७
भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसैगरी, प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ०८:०१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology