Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, यी स्थानमा भारी वर्षाको सम्भावना

रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, यी स्थानमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

३०, भाद्र २०७७
रातिदेखि नै विभिन्न स्थानमा भारी वर्षा, यी स्थानमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन  दिनको  मौसम पूर्वानुमान 

भाद्र  ३० गते  (मंगलबार)

दिउँसो : देशभर  सामान्यतया  बदली रही  केही स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली   रही  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १, प्रदेश २ ,  वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। 

भाद्र  ३१ गते  (बुधबार)

दिउँसो : देशभर  सामान्यतया  बदली रही  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया  बदली रही  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज  १ गते  (विहीबार)

दिउँसो : देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १ तथा  वाग्मती प्रदेश का एक वा दुई स्थानहरुमा भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली रही  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।  प्रदेश १, बागमति तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - ०७:३८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology