Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

दैनिकी न्यूज

२७, भाद्र २०७७
चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा
images

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।

कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् ।


आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए ।

कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।

जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - ०७:०६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology