Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा धापाखेलबाट एक जना पक्राउ

सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा धापाखेलबाट एक जना पक्राउ

दैनिकी न्यूज

२४, भाद्र २०७७
सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा धापाखेलबाट एक जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १५:३९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology