Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

दैनिकी न्यूज

२३, भाद्र २०७७
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेको छ। ।

हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 भाद्र २३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि  स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २५ गते (बिहिबार)

 दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि केहि  स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ 

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - ०७:३९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology