Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

कीर्ते नागरिकता बनाइदिने वडाअध्यक्ष कारागार चलान

कीर्ते नागरिकता बनाइदिने वडाअध्यक्ष कारागार चलान

दैनिकी न्यूज

२२, भाद्र २०७७
कीर्ते नागरिकता बनाइदिने वडाअध्यक्ष कारागार चलान
images

तनहुँ । कीर्ते नागरिकता बनाउन सहयोग पुर्‍याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका( ५ का वडा अध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

विसं २०५४ मा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजुलाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुठो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोपमा वडाध्यक्ष मल्ल आज कारागार चलान भएका हुन् । वडाध्यक्ष मल्ललाई प्रहरीले आजै पक्राउ गरेको थियो ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार जीवनकुमार पौडेलले मल्ललाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए । मल्लविरुद्ध जिल्ला अदालतले विसं २०५५ वैशाख २ गते दोषी ठहर गरी एक वर्ष कैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि मल्ल पक्राउ परेका थिएनन् । उनी नेपाली कांग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष मल्लविरुद्ध बेलायती सेनाका लाहुरे होमबहादुरलाई २ लाख रुपैयाँ दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन सेटिङ मिलाएको आरोप लागेको थियो । रासस

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २०:२२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology