Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

कारागारबाट भागेका डाँका चोरी मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

कारागारबाट भागेका डाँका चोरी मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

दैनिकी न्यूज

१९, भाद्र २०७७
कारागारबाट भागेका डाँका चोरी मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
images

काठमाडौं । कैलाली जिल्ला कारागारबाट भागेका डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।

गौरिगंगा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई २०६६ असार २ गतेको जिल्ला अदालत कैलालीको फैसलाले ६ वर्ष कैद र ४ चार हजार १ सय ४७ रुपैयाँ पैंसठ्ठी पैसा जरिवाना ठहर भएकोमा फरार रहेका थिए। जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो।

गौरिगंगा नगरपालिका–२ स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलाली पठाएकोमा २०६१ साल माघ २७ गते कैलाली कारागारबाट भागी फरार भएका थिए।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १५:३८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology