Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः यी स्थानमा वर्षा हुने

मौसम पूर्वानुमानः यी स्थानमा वर्षा हुने

दैनिकी न्यूज

१९, भाद्र २०७७
मौसम पूर्वानुमानः यी स्थानमा वर्षा हुने
images

काठमाडौं । आज प्रदेश १ र गण्डकी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १ र गण्डकी प्रदेशको केही ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तत्काल देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन । भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - ०९:५६:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology