Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

दैनिकी न्यूज

१९, श्रावण २०८३
आज यी प्रदेशमा हुनेछ भारी वर्षा
images

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहँदा भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी, वागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेस प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोसी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - ०८:५६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology