ललितपुरको ठेचो र सानेपामा विभिन्न धनमाल चोरी

ललितपुर, भदौ २७ । ललितपुर महानगरपालिका–२ सानेपा बस्ने अमेरिकी नागरिक बेनियरको कोठाबाट अमेरिकी डलर १५ हजार, मोबाइल २ थान र सुनको ब्रास्लेट १ थान समेत गरी करिब २२ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको धनमाल बिहीबार चोरी भएको छ ।

यसैगरी गोदावरी नगरपालिका–१२ ठेचोस्थित दिनेश लोहारको ईमानुएल ज्वेलर्सबाट सुन ३ तोला, चाँदीका विभिन्न गरगहना गरी अन्दाजी ५० तोला समेत गरी करिब
२ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 6:51 pm