विचौलियाको काम गर्ने कार्यमा संलग्न ५ जना एकान्तकुनाबाट पक्राउ

ललितपुर, भदौ २७ । ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात कार्यालयमा विचौलियाको काम गर्ने कार्यमा संलग्न ललितपुर जावलाखेल बस्ने धादिङ घर भएका ४४ वर्षीय सुवर्ण थापा सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 6:42 pm