विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ निर्वाचित

काठमाडौं, भदौ २७ । विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ चयन भएका छन्। अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि विश्व प्रेस काउन्सिलको उपाध्यक्ष थिए।

‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी–शुभेच्छुकमा धन्यवाद ! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो ! सबैमा बधाइ,सबैमा शुभकामना !’ निर्वाचित भएपछि उनले फेसबूकमा लेखेका छन् ।

विश्व प्रेस काउन्सिलमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बाङ्लादेश, साइप्रस, सेसेल्स, हवाइ (अमेरिका), म्यान्मारसहितका राष्ट्र छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 6:35 pm