एक्कासी किन रोकियो प्रा.वि तहको नतिजा ?

काठमाडौं, भदौ २७ । भदौ १८ गतेदेखि सार्वजनिक गरिएको खुला तर्फको प्राथमिक तहको नतिजा शिक्षक सेवा आयोग रोकेको छ । आयोगले भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि कुनै पनि जिल्लाको नतिजा सार्वजनिक गरेको छैन ।

अझैं ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । शिक्षक अनुमति पत्रको परिक्षाको केही व्यवस्थापन गर्नुपर्ने भएकोले केही समय नतिजा सार्वजनिक कार्य रोकिएको शिक्षक सेवा आयोगले जनाएको छ । अब चाडै नै शुरु गर्ने आयोग स्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 11:40 am