शुक्रबार पनि नेपाली बजारमा घट्यो सुनको भाउ

काठमाडौं, भदौ २७ । साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

बिहीबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रति तोला ७० हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार भने तोलामा २ सय रुपैयाले घटेर ७० हजार ६ सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रति तोला ७० हजार ३ सय रुपैया कायम भएको छ ।

शुक्रबार चाँदीको पनि भाउ घटेको छ । बिहीबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ५ रुपैयाले घटेर ८ सय ७० रुपैया रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 11:11 am