आज बिहानैदेखि बदली, सचेत रहन आग्रह

काठमाडौ, भदौ २७ । आज देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिनभरि देशभरको मौसम सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६ /Friday, September 13th, 2019, 8:07 am