सबैतिर हलचल ल्याएको गगनको त्यो एक मिनेटको सम्बोधन !

काठमाडौ, भदौ २६ । नेपाली कांग्रेसका सांसद गगन थापाले सुत्केरी बिदा नदिने प्रधानाध्यापकलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा नदिइ उल्टो मानसिक यातना दिएर शिशु गुमाउनुपरेको भन्दै तत्काल कारवाही गर्न माग गरेका हुन् ।
बिहिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने-‘सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिन तलबसहितको प्रसूति अधिकार हुनेछ भने विज्ञ चिकित्सकको रायमा एक वर्षसम्म बेतलबी बिदाको हक हुनेछ भन्ने हाम्रो कानुन छ ।’काठमाडौमै यस्तो अत्याचार भएको भन्दै उनले थपे- ‘काठमाडौंको त्यौड माविकी शिक्षिकाले चिकित्सकको रायअनुसार आराम गर्नुपर्छ भनेपछि पटक पटक बिदाको माग गर्दा पनि प्रधानाध्यापकले बिदा नदिई उल्टो मानसिक यातना दिँदा शिशु गुमाउनुपरेको छ, काठमाडौंकै विद्यालयमा प्रअबाट यो व्यवहार हुन्छ भने दुरदराजको ठाउँमा कस्तो हुन्छ भन्ने अनुमान गर्न सक्छौ ।’

कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रभाहित गर्नका निम्ति यस्तो अपराध गर्ने प्रधानाध्यापकलाई सरकारले दण्ड दिनुपर्ने सांसद थापाल बताए ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 10:39 pm