दशैमा घर जाने योजना छ ? अब ढुक्क हुनुस घरमै आउँछ टिकट

काठमाडौ, भदौ २६ । दशैमा घर जाने योजनामा हुनुहुन्छ ? तर घर जाने टिकट नपाउने भएर तनावमा हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन, सरकारले अग्रिम टिकट बुकिङ खोल्दैछ ।
यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको हो । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । दशैका लागि घर जाने मानिसको सुबिधाको लागि अग्रिम टिकट बुकिङ खोलिएको उनले बताए । काठमाडौ उपत्यकाबाट दशैका बेला ३० लाख मानिस बाहिरिने अनुमान छ । कामकाजी मानिसहरु फुलपाती सम्म काममा ब्यस्त हुँदा बसको टिकट नपाउने समस्या समाधान गर्न अग्रिम टिकटको ब्यवस्था गरिएको हमालको भनाइ छ ।
यो पटक बिभागले सडक विभागसँगको समन्वयमा दशै अगावै बिग्रिएका सडक मर्मत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 9:20 pm