तत्काल नौ सय कर्मचारी भर्ना गर्दै सरकार, सबैभन्दा बढी उर्जामा

काठमाडौ, भदौ २६ । सरकारले नौ सय कर्मचारी भर्ना गर्ने भएको छ । विभिन्न कार्यालय र आयोजनाका लागि स्थायी, अस्थायी गरी करिब ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बिहीबार मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ पद सिर्जना गरेको बताएका हुन् । मन्त्री परिषद्को बैठकले राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको हो ।
राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाई विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 8:47 pm