असोज ५ देखि दशैका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, भदौ २६ । दसैंका लागि असोज ५ गतेबाट टिकट खुल्ला निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको हो ।

उनका अनुसार यात्रुलाई समस्या हुन नदिने गरी पहिल्यै टिकट खुल्ला गरिएको हो ।

दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 4:50 pm