बाइकिङ रेस बिजेता सुनिता सम्मानित

ललितपुर, भदौ २६ । भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ । भारतको बैङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले चालीस जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन । नेपालकी महिला नेशनल राइडर देशार नेपाल अटोमोबाइल एसोसिएसनबाट छनौट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन । सार्क राष्ट्र अन्तर्गत नेपाल सहित आयोजक भारत, श्रीलंकाका प्रतियोगितामा सहभागी थिए । नयाँ ठाउँमा गएर प्रतिस्पर्धा गर्दा पनि आफुले राम्रो गर्न सकेकोमा देशारले खुशी प्रकट गरिन । ठूलो चुनौती सामना गरेको भन्दै उनले भनिन-‘अनुभव बढ्यो, लेडि राइडरमा पहिलो पटक अवार्ड जितेको छु, यसलाई अझै निखार ल्याउने प्रयास गर्नेछु ।’ देशार एम्स इन्टरनेशनल कलेज, लगनखेलमा बिए तेस्रो वर्ष अध्ययनरत छिन ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 3:31 pm