बिहीबार पनि नेप्सेमा गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, भदौ २६ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साढे ५ दशमलव ३३ अंकले गिरावट आएको छ । यस दिन नेप्से ५ दशमलव ३३ अंकले घटेर १ हजार १५७ दशमलव ८८ बिन्दूमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शून्य दशमलव ९८ अंकले घटेर २ सय ५३ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । कुल १६८ कम्पनीको १५ लाख ५६ हजार ७९० कित्ता शेयर किनबेच भई ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै लक्ष्मी बैंक (प्रमोटर शेयर) को शेयर किनबेच भएको छ । यस दिन बैंकको ४ करोड ७० लाख ८ हजार ३०४ रुपैयाँ बराबरको शेयर किनबेच भएको हो । त्यस्तै एनआईसी एशिया बैंकको ३ करोड ५४ लाख ७६ हजार ५७० रुपैयाँ, कुमरी बैंकको २ करोड ६२ लाख ७ हजार ४९७ रुपैयाँ, नेपाल बैंक लिमिटेडको २ करोड २ लाख ३० हजार ४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बिहीबार कारोबारमा आएको ११ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ समूह २.७९ अंक, होटल समूह २४.५३ अंक, विकास बैंक समूह २.६९ अंक, जलविद्युत समूह ९.३४ अंक, वित्त समूह १.१ अंक, निर्जिवन विमा समूह ३४.२५ अंक, उत्पादन समूह १८.२१ अंक, अन्य समूह ५.६८ अंक, लघुवित्त समूह ६.४१ अंक, जीवन विमा समूह ३३.८६ अंक र म्युचल फण्ड समूह ०.०८ अंकले गिरावट आएको छ ।

सर्वाधिक कमाउने कम्पनीहरु
यस दिन कालिका पावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यस्तै एनआईसी एशिया ग्रोथ फण्डको ३.१४ प्रतिशत, ङादी ग्रुप पावरको ३.०९ अंक, ग्लोबल आइएमई लघुवित्तको २.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनीहरु
यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ६.७९ प्रतिशतले घटेको छ । त्यस्तै हिमालय उर्जा विकास कम्पनीको ६.५० प्रतिशत, नेपाल इन्स्योरेन्स कम्पनीको ५.०१ प्रतिशत, अरुवा कावेली पावरको ४.८६ प्रतिशतले शेयर मूल्यमा गिरावट आएका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 3:21 pm