‘बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक

काठमाडौँ, भदौ २६ । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण–कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकै छु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर रहेको छ ।

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

कीर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् ।

यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडाबाट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 2:53 pm