नेकपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, भदौ २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको सूचना अनुसार नेकपाले दल दर्ताका लागि निवेदन दिएको हो।

नेकपा दल दर्ताका लागि खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहाललगायतका नेता निर्वाचन आयोगमा पुगेका थिए ।

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 2:18 pm