पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

सांकेतिक तस्विर

रुकुम (पश्चिम), भदौ २६ । रुकुम पश्चिममा पहिरोमा पुरिएर दुईजना बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका– १० चुनका दुई बालिकाहरु विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । बुधबार बेलुकी बिद्यालयबाट फर्कने क्रममा बाटोमा पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै बालिकाको बिहिबार जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको छ । यसअघि केहि दिन अघि जिल्लाको आठविसकोट नगरपालिका –१० मा विद्यालय जाँदै गरेकी एक बालिकाको समेत मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ /Thursday, September 12th, 2019, 2:13 pm